काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले संसद्को रोष्ट्रममा उभिएर गन्थन प्रस्तुत गरेको टिप्पणी गरेका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महामन्त्री थापाले यस्तो टिप्पणी गरेका हुन् ।
‘नीति तथा कार्यक्रममाथिको छलफलमा प्रारम्भमै घण्टौँको गन्थन प्रस्तुत भरसकेपछि केही साथीहरूले भन्नुभयो, गन्थनमा व्यक्त भएको प्रत्येक कुराको उत्तर दिनुपर्छ । मैले साथीहरूलाई भनेँ, प्रश्नको उत्तर हुन्छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमति/असहमति व्यक्त हुन सक्छ । तर, कुण्ठामा त्यस्तो केही पनि हुँदैन,’ महामन्त्री थापाले भने ।
महामन्त्री थापा थप्छन्, ‘कुण्ठामा केवल सहानुभूति हुन्छ । त्यसैले यो बेलामा साथीहरूले भन्नुभयो घण्टौँ बसेर बोल्ने ? यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ ।’
कहाँ बोल्ने ? कहिले बोल्ने ? भन्ने विषयमा स्वमं बोल्नेले हेक्का राख्नुपर्ने विषय भएको महामन्त्री थापाले बताए ।