बालेन साह परिवर्तनको सङ्केत हो, रेसम चौधरी अपराधी होइनन् : राजेन्द्र महतो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बालेन साह परिवर्तनको सङ्केत हो, रेसम चौधरी अपराधी होइनन् : राजेन्द्र महतो


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले काठमाडौँका जनताले परिवर्तन चाहेर बालेन शाह लाई जिताएको बताएका छन् ।

आज (शुक्रबार) संसदमा नीति तथा कार्यक्रममा बोल्दै उनले बालेनको जित अरू केही नभएर परिवर्तनको सङ्केत भएको जिकिर गरे ।

उनले पार्टीका पूर्व सहकर्मी रेसम चौधरीलाई पनि जनताले अपराधी होइन भन्दा भन्दै सरकारले जेलमा राखेको र अहिले टिकापुरका र कैलालीका जनताले मतदान गरेर उनको पार्टीलाई जिताएको बताए ।

‘पापको घडा भरिसकेको छ । त्यो नेपालमा फुटिसकेको छ । परिवर्तन हुन्छ यो देशमा,’ उनले भने,’राष्ट्रिय मुक्ति क्रान्ति हुन्छ यो देशमा । कसैले रोक्न सक्दैन । बेलैमा सद्बुद्धि आओस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस