ब्यास नगरको पुनः मतगणना माग गर्दै परेको मुद्दामा विपक्षी झिकाउने आदेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ब्यास नगरको पुनः मतगणना माग गर्दै परेको मुद्दामा विपक्षी झिकाउने आदेश


१३ जेष्ठ २०७९, शुक्रबार


पोखरा । उच्च अदालत पोखराले तनहुँको ब्यास नगरपालिकाको पुनः मतगणना माग गर्दै परेको मुद्दामा विपक्षी झिकाउने आदेश दिएको छ ।

मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले विपक्षी निर्वाचन आयोगसहितलाई १५ दिनभित्र आफैँ वा प्रतिनिधिलाई उपस्थित गराउन आदेश दिएको हो ।

जोशीले मतगणनामा धाँधली भएको भन्दै बिहीबार उच्च अदालतमा पुनः मतगणनाको माग गर्दै निवेदन दिएका थिए ।

न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले निवेदकको मागबमोजिम आदेश जारी गर्नु पर्ने वा नपर्ने बारेमा कानुनसम्मत आधार र कारणसहित उपस्थित हुन भनेको हो ।

ब्यासको मेयरमा काँग्रेसका बैकुण्ठनाथ न्यौपाने १२ हजार ७८ मतसहित विजयी हुँदा एमालेको समर्थनमा उठेको स्वतन्त्र उम्मेदवार जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस