ग्यास बुलेटमा लागेको आगलागी नियन्त्रणसँगै खुल्यो मुग्लिन-नारायणगढ सडक « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

ग्यास बुलेटमा लागेको आगलागी नियन्त्रणसँगै खुल्यो मुग्लिन-नारायणगढ सडक


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । ग्यास बुलेटमा लागेको आगलागी नियन्त्रणमा आएसँगै मुग्लिन-नारायणगढ सडक खुलेको छ ।

आगो नियन्त्रणमा आएसँगै दुवैतर्फका गाडीहरू गुड्न थालेको प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

मुग्लिन-नारायणगढ सडकखण्डस्थित पन्ध्र किलो भन्ने ठाउँमा भारतको उडिसाबाट धादिङ आउँदै गरेको ग्यास बुलेट बिजुलीको पोलमा ठोक्किएर आगलागी भएको थियो ।

यूपी १७ एटी ८६२७ नम्बर प्लेटको भारतीय ग्यास बुलेटमा आगलागी भएको थियो ।

आगो दिउँसो साढे १ बजे नियन्त्रणमा आएपछि सवारीसाधन चल्न सुरु गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार : नारायणगढ–मुग्लिन सडकमा ग्याँस बोकेको बुलेटमा आगलागी, सडक अवरुद्ध

Tags :
प्रतिक्रिया दिनुहोस