सर्वोच्चले उल्ट्यायो कोइरालाको कैद मिनाहाको फैसला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्चले उल्ट्यायो कोइरालाको कैद मिनाहाको फैसला


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतले पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने फैसला उल्ट्याएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टङ्कबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसला उल्ट्याएको बताइएको छ ।

कारागारबाट रिहा भएका कोइराला अब करिब साढे ११ वर्ष कैद बस्नुपर्ने छ । उनी अहिलेसम्म साढे ८ वर्षमात्र कैद बसेका छन् ।

डीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरी मकवानपुरको टिस्टुङको जंगलमा लगेर आगो लगाएका थिए ।

सम्बन्धित समाचार : पूर्वडीआईजी कोइरालाको मुद्दा पूर्ण इजलासमा

Tags :
प्रतिक्रिया दिनुहोस