ईपीएल आयोजना गर्न क्यानले स्वीकृति नदिएपछि सर्वोच्चमा रिट दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ईपीएल आयोजना गर्न क्यानले स्वीकृति नदिएपछि सर्वोच्चमा रिट दायर


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले एभरेस्ट प्रिमियम लिग (ईपीएल)को आगामी संस्करणका लागि स्वीकृति नदिएपछि आयोजक संस्था ईपीएल प्रालिले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

ईपीएलले विहीबार वक्तव्य जारी गरी क्यानलाई विपक्षी बनाएर अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेको जनाएको छ । सर्वोच्चमा बुधबार रिट दायर भएको हो ।

क्यान आफैँले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग आयोजना गर्ने निर्णय गरेका कारण नेपालमा भइरहेका अन्य फ्रेन्चाइज क्रिकेटलाई राष्ट्रिय प्रतियोगिताका रुपमा स्वीकृति नदिने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस