हेटौँडामा मूल्यवृद्धिविरुद्ध सवारीसाधन आवतजावतमा अवरोध गर्ने ४ नेता पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हेटौँडामा मूल्यवृद्धिविरुद्ध सवारीसाधन आवतजावतमा अवरोध गर्ने ४ नेता पक्राउ


१२ जेष्ठ २०७९, बिहिबार


हेटौँडा । पेट्रोलियम पदार्थमा मूल्यवृद्धिविरुद्ध सरकारी सवारीसाधन आवतजावतमा अवरोध गर्ने क्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेलसहित ४ जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

आज (बिहीबार) बिहान मकवानपुर बहुमुखी क्याम्पस सडकबाट पौडेलसहित, जिल्ला उपाध्यक्ष भुवन मैनाली, सचिव पुष्कर तिम्ल्सिना र युवा सङ्घका नेता रजकुमार घिमिरेलाई प्रहरीले पक्राउ गरेको अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जानकारी दिए ।

प्रदर्शनकारीले १० वटा सवारीसाधनलाई नियन्त्रणमा लिएका थिए ।

नियन्त्रणमा लिएको सवारीको चाबी प्रहरीमा बुझाउँदै पक्राउ परेका नेताहरू बिनासर्त छाड्न अनेरास्ववियुले माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस