काठमाडौँमा काँग्रेसले आफ्नो जितसंख्या १८ पुर्‍यायो , १६ नम्बरबाट रिजाल निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँमा काँग्रेसले आफ्नो जितसंख्या १८ पुर्‍यायो , १६ नम्बरबाट रिजाल निर्वाचित


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँका वडामा नेपाली काँग्रेसले आफ्नो जितसंख्या १८ पुर्‍याएको छ ।

सार्वजनिक पछिल्लो मत परिणाममा वडा नम्बर १६ को वडाध्यक्षमा काँग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् ।

रिजालले ४००५ मत ल्याएर जित हासिल गर्दा एमालेका लक्ष्मीरत्न तुलाधरले ३२३९ भोट ल्याएर हार व्यहोरे । सदस्यहरुमा भने सबै एमालेका उम्मेदवार विजयी भएका छन् ।

यो वडामा कुल १२ हजार ३ सय ३६ भोट खसेको थियो । मेयरमा सबैभन्दा बढी भोट स्वतन्त्र उम्मेदवार बालेन साहलाई आएको छ ।काठमाडौँका वडाहरुमा काँग्रेसको प्रभुत्व देखिएको छ ।

अहिलेसम्म १८ वटा वडामा जित हासिल गर्दा एमाले १२ वडा मात्रै जितेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस