राहदानी विभागले आइतबार पनि सेवा दिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राहदानी विभागले आइतबार पनि सेवा दिने


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । राहदानी विभागले आइतबार पनि सेवा दिने भएको छ ।

सरकारले साप्ताहिक बिदा घोषणा गरे पनि सेवाग्राहीको उच्च चापका कारण विभागले जेठ १५ देखि आइतबार पनि विभाग खुला राख्ने निर्णय गरेको हो ।

विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति रहेको र राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढिरहेकोले सार्वजनिक बिदाको दिन समेत राहदानी सेवा प्रदान गर्न लागिएको विभागले जानकारी दिएको छ ।

१५ जेठदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभाग खुल्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

‘राहदानीको लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्नुहुने सेवाग्राहीहरुलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्न गइरहेको व्यहोरा अनुरोध छ,’ सूचनामा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस