गरुडा नगरको मेयरमा एमाले र उपमेयरमा काँग्रेस विजयी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

गरुडा नगरको मेयरमा एमाले र उपमेयरमा काँग्रेस विजयी


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । रौतहटको गरुडा नगरपालिकाको मेयरमा एमाले विजयी भएको छ ।

नगरपालिकाको मेयरमा एमालेका कन्थमतीप्रसाद कलवार निर्वाचित भएका छन् ।

कलवारले ४५६५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका बृज किशोर प्रसाद यादवले ४५२६ मत पाए ।

तेस्रो भएका जनता समाजवादीका अनिलकुमार यादवले ३३५१ र चौथो भएका माओवादीका सुरेन्द्रकुमार जयसवालले ३२२५ मत पाएका छन् । यस्तै, लोकतान्त्रिक समाजवादीका दिपक यादवले १०६३ मत पाए ।

उपमेयरमा भने काँग्रेसकी पुनमकुमारी चौधरी ६७०३ मतका साथ विजयी भएकी छन् ।

उनकी निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी विन्दुकुमारी देवीले ४४७७ मत ल्याइन् भने तेस्रो भएकी एकीकृत समाजवादीकी हिबजा खातुनले ४३६३ मत पाइन् ।

एमालेकी ज्ञानकला देवी साहले २५३९ र मावादीकी सकिला खातुनले २४८५ मत ल्याइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस