गुल्मीमा चट्याङ लागेर एक जना महिलाको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

गुल्मीमा चट्याङ लागेर एक जना महिलाको मृत्यु


११ जेष्ठ २०७९, बुधबार


गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–४ म्यालपोखरी निवासी ४५ वर्षकी राधिका भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

भट्टराईलाई आफ्नै गोठमा गाईबस्तुलाई घाँसपात गर्नेक्रममा चट्याङ लागेको प्रहरीले जनाएको छ ।

मृतको शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस