मोरङमा श्रीमतीको हत्या गरी फरार भएका आरोपित पक्राउ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

मोरङमा श्रीमतीको हत्या गरी फरार भएका आरोपित पक्राउ


११ जेष्ठ २०७९, बुधबार


पक्राउ

विराटनगर । श्रीमतीको हत्या गरी फरार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जेठ ६ गते मोरङ जहदा गाउँपालिका–२ बड्की बैरियाकी ३५ वर्षीय गीतादेवी राजभरको हत्या भएको थियो ।

उनको हत्या आरोपमा प्रहरीले ४३ वर्षीय श्रीमान् दिनेशकुमार राजभरलाई पक्राउ गरेको हो । गीतादेवीको मृत्युपछि फरार भएका उनलाई मङ्गलवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घरायसी विवादमा काठ र फलामको रडले टाउको र कम्मरमा प्रहार गरी हत्या गरेको प्रहरीको दाबी छ । उनलाई प्रहरीले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस