सेयर बजारका सबै सूचक बढे, १ अर्ब ४ करोड रुपैयाँको कारोबार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सेयर बजारका सबै सूचक बढे, १ अर्ब ४ करोड रुपैयाँको कारोबार


११ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । बुधबार सेयर बजारका सबै सूचक बढेका छन् । कारोबार रकममा सुधार नभए पनि परिसूचक नेप्से १४.३७ अङ्क बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से २२३१ अङ्कमा कायम भएको छ ।

दिनभर १ अर्ब ४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सबै उपसमूहका सूचक बढे ।

बैङ्किङ ८, विकास बैङ्क २५, फाइनान्स ९, जलविद्युत् ३०, जीवन बीमा ६६, उत्पादन ३०, लघुवित्त २९, निर्जीवन बीमा १३४, अन्य ८ र व्यापार उपसमूह २९ अङ्कले बढे ।

होटल तथा पर्यटन र लगानी उपसमूहको वृद्धि भने १ अङ्कमुनि सीमित रह्यो । कुल १४८ कम्पनीको मूल्य बढ्दा ३९ को घट्यो, ५ को स्थिर रह्यो ।

बलेफी हाइड्रोपावर, मैलुङखोला हाइड्रोपावर, सिंगटी हाइड्रोपावर र गुराँस लघुवित्तको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढ्यो ।

कर्पोरेट डेभलपमेन्ट बैङ्कको मूल्य सबैभन्दा धेरै ७.१३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा माथिल्लो तामाकोसी, अरुण काबेली, नबिल बैङ्क, अरुणभ्याली र अपी पावर मूल्य क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस