काँग्रेसको लोकप्रियता पुष्टि भयो, अब आमनिर्वाचनको तयारीमा लागौँ : महामन्त्री थापा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसको लोकप्रियता पुष्टि भयो, अब आमनिर्वाचनको तयारीमा लागौँ : महामन्त्री थापा


११ जेष्ठ २०७९, बुधबार


काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अब पार्टी आमनिर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् ।

आज (बुधबार) स्थानीय तहमा काँग्रेसका तर्फबाट विजयी जनप्रतिनिधिहरूलाई सम्मान गर्न काँग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले काँग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको भन्दै अब आमनिर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिएका हुन् ।

‘स्थानीय निर्वाचनले काँग्रेसको लोकप्रियता बढेको पुष्टि गरेको छ । यस पटकको स्थानीय निर्वाचन आमनिर्वाचनको झल्को दिने खालको भयो । यसअघि एमालेले जिम्मेवारी पाउँदा पनि काम गर्न नसकेकोले अहिले हाम्रो राम्रो परिणाम आयो’, थापाले भने ।

महामन्त्री थापाले मुलुकमा नयाँ अध्याय सुरु भइसकेको भन्दै कसैको आलोचना नगरी अघि बढ्नुपर्ने बताए । अबको निर्वाचनमा उम्मेदवार चयनमा पार्टीले विशेष ध्यान दिनुपर्ने भन्दै उनले पार्टीले घोषणा गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न गम्भीरतापूर्वक लाग्न जनप्रतिनिधिलाई आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस