२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलविद्युत् आयोजनाबाट दोहोरो लाभ

अ+ अ-

म्याग्दी । यहाँ निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाबाट स्थानीय समुदाय लाभान्वित भएका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ र रघुगङ्गा गाउँपालिका–४ दग्नाम, ५ झिं, ६ पाखापानी, ७ चिमखोला र ८ कुइनेमङ्गलेका बासिन्दा लाभान्वित भएका हुन् ।

गोरेटो, घोडेटो हुँदै पछिल्ला केही वर्षदेखि राजनीतिक दलहरूले मोटरबाटोको सपना देखाएर भोट माग्दै आएकामा अजिङर (झ्यान्द्राभीर) फोडिएसँगै दर्मिजा, चिमखोला, चौरखानी, घ्यासीखर्कदेखि धौलागिरि हिमालको फेदीसम्मै मोटरबाटो उक्लेको छ ।

दग्नाम–चिमखोला ४.८१ किलोमिटर सडक खन्न सङ्घ, प्रदेश र स्थानीय पालिकाबाट करिब रु सात करोड खर्च भएकामा दग्नाम–दर्मिजा ८०० मिटर र दर्मिजा–चिमखोला खण्डको गोखोभीरको ६३० मिटर अक्करे पहाड फोर्न तुँदीपावर कम्पनीले मात्र रु १२ करोड खर्च गरेको छ ।

उक्त कम्पनीले छुट्टै चिमखोलास्थित ठूलोखोलामा बेलिब्रिज र संयुक्त ऊर्जाले कुइनेमङ्गलेको छरीमा अर्को बेलिब्रिज बनाएपछि धौलागिरि फेदीका अति दुर्गम बस्ती सडकसँग जोडिएका हुन् ।

तुँदीपावर कम्पनीले राहुघाटखोलामा ३५.५ मेगावाट क्षमताको मङ्गले राहुघाट र सोही खोलामा अर्को ४८.५ मेगावाट क्षमताको अपरराहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

त्यस्तै राहुघाटखोलामा निर्माणाधीन अर्को संयुक्त ऊर्जाले २१.३ मेगावाट क्षमताको ठूलोखोला आयोजना निर्माण गरिरहेको छ । आयोजनाले पनि समुदायमा गर्ने स–साना योजनाबाहेक पहुँचमार्ग निर्माण गर्दा माथिल्ला बस्तीलाई पनि सडक पहुँच पुगेको हो ।

‘राहुघाटखोलामा निर्माणाधीन आयोजनाबाट रघुगङ्गा गाउँपालिकामा सडक निर्माणमा ठुलो आर्थिक राहत भएको छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले भने, ‘सङ्घ/प्रदेशबाट विनियोजित बजेट ट्रेन र हाम्रो क्षमताले यी बस्तीमा दशकअघि सडक जोड्न कठिन थियो, आयोजनाले आफ्ना लागि पहुँचमार्ग बनाउनै पर्ने हुँदा पालिकासँग योजनामा साझेदारीमा सडक खन्यौँ, हाम्रो सानो सहभागिताले धेरै लाभ पुगेको छ ।’

सुरुमा पाखापानीलाई रघुगङ्गा गाउँपालिकाको अस्थायी केन्द्र तोकेपछि उत्पन्न विवाद २०७४ को स्थानीय तह निर्वाचनपछि गाउँसभाको बहुमतले ५, ६ र ८ नं वडाका झिं, पाखापानी र कुइनेबस्तीलाई मोटरबाटोले जोड्न प्रतिबद्धतासहित पालिकाको केन्द्र रघुगङ्गा–३ मौवाफाँट तोक्यो ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले रघुगङ्गाका वडा नं ४ र ५ को सिमानामा पर्ने बुक्लस्थित राहुघाट नदीमाथि ट्रस प्रविधिको पुल निर्माण गरेको छ । आयोजनाले बुक्लदेखि रघुगङ्गा–५ झिँ जोड्ने करिब पाँच किलोमिटर सडक पनि निर्माण गरेको छ ।

सो सडक र पुलले रघुगङ्गाको झिँ, पाखापानी र कुइनेका बासिन्दालाई गाउँपालिकाको केन्द्र मौवाफाँटसम्म यातायात सञ्जालसँग जोडेको छ । मौवाफाँट जान बेनी र गलेश्वर हुँदै घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको झिँका वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले बताए ।

जलविद्युत् आयोजनाबाट लाभान्वित भएको अर्को बस्ती अन्नपूर्ण–४ नारच्याङ हो । बस्तीमा आयोजनाको लर्को लागेपछि भौतिक पूर्वाधार विकास मात्र भएको छैन, नारच्याङवासीको जीवनशैलीमा पनि परिवर्तन आएको छ । पाखापखेरा र ढुङ्गेबगरको जग्गाको मूल्य अकासिएको छ । पाँच मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजना सम्पन्न भएका छन् ।

बासठ्ठी मेगावाटको नीलगिरि क्यास्केड, ३८ मेगावाटको नीलगिरिखोला र छ मेगावाट क्षमताको रेलेखोला हाइड्रोपावर निर्माणाधीन छन् । यी आयोजनामा कम्तीमा ५०० स्थानीयवासीले क्षमताअनुसारको रोजगारी पाएका छन् । बेनी–जोमसोम–कोरोला सडकबाट पारी नारच्याङ पुग्न कालीगण्डकी नदीमाथि बेलिब्रिज बनेको छ  ।

नारच्याङ–गाडपार, पटार जोड्न मिस्त्रीखोलामा छुट्टै बेलिब्रिज बनेको छ । स्थानीय तीन विद्यालयमा दुई–दुई जनाका दरले शिक्षकको तलबभत्ता, अन्य खेलकुद मैदानसमेत पूर्वाधारमा सहयोग, आमा समूह, युवा क्लबले आर्थिक तथा भौतिक सहयोग पाएका छन् ।

धौलागिरि–५ खाम्लामा ड्याम बनाइ मालिका–७ भारवाङमा विद्युत् गृह बन्ने ५३.५ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविद्युत् आयोजना र धौलागिरि–४ मुदीमा निर्माण हुने ५७.३ मेगावाटको म्याग्दीखोला आयोजनाले पनि धमाधम पहुँचमार्ग निर्माण गरिरहेका छन् । यी आयोजनाले निर्माण गर्ने पहुँचमार्गले मुदीको नाउरा, बगरा, खिवाङ, मराङबस्ती तथा बिमको तल्लो क्षेत्रका बासिन्दालाई यातायात सुविधा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस