२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतका १५४ सांसदलाई रुस प्रवेश गर्न नदिइने

अ+ अ-

मस्को । बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

रुसको विदेश मन्त्रालयले मङ्गलबार उनीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।

रुसले युक्रेनमाथि गरेको आक्रमणको विरुद्धमा खरो रुपमा उभिएकाले उनीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको बुझिएको छ ।

गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि विश्वभरबाट त्यसको विरोध भइरहेको छ । केही देशको समर्थन र केही देश मौन रहेपनि रुसी आक्रमणका बारेमा अधिकांश देशहरूले विरोध नै जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घ लगायतका अन्तर्राष्ट्रिय निकायहरूले तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट विवाद समाधान गर्न आग्रह गर्दै आएका छन् ।

विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूको आग्रहमा सुरुमा केही चरणमा दुई पक्षका बीचमा वार्ता भए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन ।

पछिल्लो समयका वार्ता र छलफलको क्रम पनि रोकिएको भन्दै विश्वभरबाट चिन्ता व्यक्त भइरहेको छ ।

वार्ताबाट समस्याको समाधान खोज्न चौतर्फी दबाब परे पनि रुस र युक्रेन दुवै देशले आ आफ्नै अडान कायम राखेकाले वार्ता प्रक्रिया अगाडि बढ्न नसकेको हो ।

युद्धका कारण धेरै जनधनको क्षति भएको छ भने अन्तर्राष्ट्रिय बजार र राजनीतिमा समेत नकारात्मक असर परेको छ ।

प्रतिक्रिया दिनुहोस