बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु


११ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी -१ मा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे-८ का ३० वर्षीय प्रकाश राई र भोजपुर षडानन्द नगरपालिकाका २५ वर्षीय टोचोहाङ राई रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुने प्रकाश राई प्रहरी जवान रहेको खुलेको छ । उनी जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

को १ ख ७१८७ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश-१-०२-०४० प ७१४९ मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस