पोखराको मेयरमा एकीकृत समाजवादीका धनराजले मारे बाजी « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

पोखराको मेयरमा एकीकृत समाजवादीका धनराजले मारे बाजी


११ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापालई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् ।

आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरे । उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छिन् ।

उनले ६० हजार ५ सय ४६ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरिन् । गुरुङले रानाभाटको भन्दा ३ हजार ८ सय ८३ मत बढी प्राप्त गरिन् । राप्रपाकी रञ्जनाकुमारी सेन पौडेलले ५ हजार ६ सय ९९ मत पाइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस