विराटनगर । प्रदेश १ को बजेट अधिवेशन आह्वान भएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले जेठ १६ का लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश मन्त्रिपरिषद्को जेठ ९ गते बसेको बैठकले प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश १ को प्रदेशसभा जेठ १६ गते विहान ११ बजे बस्नेछ ।