रोल्पामा अटो रिक्सा दुर्घटनामा हुँदा एक जनाको मृत्यु, ३ जना घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रोल्पामा अटो रिक्सा दुर्घटनामा हुँदा एक जनाको मृत्यु, ३ जना घाइते


१० जेष्ठ २०७९, मंगलबार


रोल्पा । रोल्पा नगरपालिका वडा नं २ सिमलवाङमा भएको अटो रिक्सा दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

मङ्गलवार दिउँसो ४ बजे भएको दुर्घटनामा अटो चालक रोल्पा नगरपालिका वडा नं २ का २९ वर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

सदरमुकाम लिवाङवाट माडीचौर तर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्बरको सो अटो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

घाइतेहरू रोल्पा नगरपालिका ७ माडीचौरका ५३ वर्षीय दलबहादुर पुनको वाँया हात र निधारमा चोट लागेको छ । यसै गरी सोही ठाउँ बस्ने वर्ष ५२ का जानसिंह पुनको टाउको र मुखमा चोट लागेको छ ।

सोही ठाउँ बस्ने वर्ष ४७ का सहवीर खत्रीको दाहिने आँखामाथि चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका रोल्पा अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस