आर्थिक वर्षभित्र ७ सय १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आर्थिक वर्षभित्र ७ सय १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा थप ७ सय १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य लिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्युत् हरेक स्थानीय तहसम्म लैजाने र उत्पादन वृद्धिको नीति लिइने बताएकी हुन् ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘आगामी दुई वर्षभित्र सबै स्थानीय तहलाई विद्युतीकरण गर्न विद्युत् उत्पादन, प्रसारण तथा वितरणमा लगानी वृद्धि गरिनेछ । सरकारी तथा निजी क्षेत्रबाट प्रवर्द्धित जलविद्युत् आयोजना सम्पन्न गरी आगामी आर्थिक वर्ष थप ७ सय १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस