कोभिड नियन्त्रणमा सरकारले हरसम्भव प्रयास गर्‍यो : राष्ट्रपति « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कोभिड नियन्त्रणमा सरकारले हरसम्भव प्रयास गर्‍यो : राष्ट्रपति


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ को महामारी नियन्त्रणमा सरकारले हरसम्भव प्रयास गरेको बताएकी छन् ।

आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले कोभिड नियन्त्रणमा तीनै तहका सरकारले काम गरेको बताइन् ।

‘हालसम्म लक्षित जनसंखयाको ९६ प्रतिशतलाई कोभिडविरुद्वको पहिलो मात्रा र ८५ प्रतिशतलाई खोपको पूर्ण मात्रा लगाइएको छ । त्यस्तै, करिब ३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाइसकिएको छ,’ राष्ट्रपति भण्डारीले बताएकी छन् । उनले तीन तहका सरकारले स्वास्थ्य पूर्वाधार, औषधि, अक्सिजन र जनशक्ति व्यवस्थापनमा काम गरेको बताइन् ।

राष्ट्रपति भण्डारीले यो वर्ष थप १२ हजार ६०० हेक्टर जमीनमा सिंचाई सुविधा पुगेको बताइन् । ‘यस वर्ष देशभर ३२५ किमि कालोपत्रे सडक निर्माण भएको छ भने १०० पुलको निर्माण भएको छ ।’

उनले गौतमवुद्ध विमानस्थल चाँडै सञ्चालनमा आउन लागेको भन्दै यो वर्षको १० महिनामा थप ६३८ मेगावाट विद्युत उत्पादन भएको जानकारी दिइन् ।

राष्ट्रपति भण्डारीले एमसीसी परियोजना संसद्‍बाट अनुमोदन भएपछि विद्युत प्रशारण लाइन र सडक निर्माणको काम सुरु भएको पनि बताएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस