अबुधाबीमा ग्यास विस्फोट, दुईको मृत्यु, १२० घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अबुधाबीमा ग्यास विस्फोट, दुईको मृत्यु, १२० घाइते


१० जेष्ठ २०७९, मंगलबार


अबुधाबी । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ ।

यस घटनामा परी अन्य १२० जना घाइते भएका छन् । प्रारम्भिक समाचारकाअनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ । यद्यपि दुई जनाको मृत्यु भएको प्रहरीले गरेको ट्विटमा जनाइएको छ ।

सोमबार भएको विस्फोट नियन्त्रणमा आउनुअघि छ वटा भवन र धेरै पसलहरुमा आगलागी भएको समाचारमा बताइएको छ । क्षतिग्रस्त भवनहरु मध्ये चार ओटालाई सुरक्षित रूपमा खाली गरिएको थियो ।

भवनहरू पूर्ण रूपमा सुरक्षित नभएसम्म ती बासिन्दाहरूलाई अस्थायी आवास खोज्ने प्रयासहरू भइरहेका प्रहरीले जानकारी दिएको छ ।

पहिलो पटक विस्फोटको आवाज सानो सुनिएको तर त्यसपछि चाँडै नै त्यहाँ ठुलो विस्फोट भएको र यसको आवाज पनि ठुलो आएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस