२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दश महिनामा १४ खर्ब ३१ अर्ब बढीको व्यापार घाटा

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ ।

चालु आवको पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशत भन्दा बढी हो । अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड थियो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आवको वैशाख मसान्तसम्म मुलुकको वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब बराबर पुगेको छ । यस्तो व्यापार अघिल्लो आवका तुलनामा ३० दशमलव ४९ प्रतिशतले बढी हो । गत आवको १० महिनाका अवधिमा मुलुकको वैदेशिक व्यापार १३ खर्ब ६२ अर्ब ५८ करोड बराबरको थियो ।

सार्वजनिक तथ्याङ्कअनुसार वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापार घाटा चुलिँदो देखिन्छ । विभागका अनुसार गत आवको पहिलो १० महिनाका तुलनामा मुलुकमा आयात २७ दशमलव ९५ प्रतिशतले बढेको छ । गत आवको वैशाख मसान्तसम्ममा १२ खर्ब ५४ अर्ब मूल्य बराबरका बस्तु आयात भएकामा चालु आवको समीक्षा अवधिसम्म आयात १६ खर्ब चार अर्ब पुगेको छ ।

त्यस्तै २०७७÷७८ को पहिलो दश महिनाका तुलनामा चालु आवको निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ । गत आवको वैशाख मसान्तसम्म एक खर्ब आठ अर्ब ४७ करोड मूल्य बराबरका बस्तु निर्यात भएकामा चालु आवको समीक्षा अवधिमा एक खर्ब ७३ अर्ब बढी मूल्यका बस्तुको निर्यात भएको छ ।
विभागका अनुसार गत आवको पहिलो दश महिनासम्म कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव ०४ प्रतिशत रहेकामा यस्तो हिस्सा एक दशमलव ९४ प्रतिशतले घटेर चालु आवमा ९० दशमलव २५ प्रतिशतमा आएको छ ।

त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २२ दशमलव ४६ प्रतिशतले बढेको छ । गत आवको वैशाख मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा सात दशमलव ९६ प्रतिशत रहेकामा चालु आवमा नौ दशमलव ७५ प्रतिशत पुगेको छ । चालु आवको दश महिनामा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात धेरै रहेको देखिन्छ ।

यस आवको वैशाख मसान्तसम्म मुलुकमा एक खर्ब २३ अर्ब ७० करोड मूल्य भन्दा बढीको डिजेल भित्रिएको छ । त्यस्तै पेट्रोल ५४ अर्ब ८३ करोड तथा एलपी ग्यास ५२ अर्ब ५९ लाख बढीको भित्रिएको विभागले जनाएको छ । पेट्रोलियम पदार्थपछि भटमासको तेल आयात भएको तथ्याङ्कले देखाउँदछ । दश महिनाका अवधिमा ४९ अर्ब ४१ करोड मूल्य भन्दा बढीको भटमासको तेल आयात भएको छ ।

त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागको तथ्याङ्कअनुसार स्वदेशबाट ४५ अर्ब ३५ करोड मूल्यभन्दा बढीको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चापदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलको योगदान देखिन्छ । जसले मुलुकको वैदेशिक व्यापारमा निर्यातको हिस्सा अल्पकालको लागि बढाएको देखिन्छ । त्यस्तै प्रकृतिको निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेत जस्तै पाम तेल पनि कच्चापदार्थ आयात गरी प्रशोधन भएर निर्यात हुने गरेको छ ।

सार्वजनिक विवरणअनुसार चालु आवको पहिलो १० महिनासम्म ३७ अर्ब ९४ करोड मूल्य भन्दा बढीको पाम तेल निर्यात भएको छ ।

भारतबाट मात्रै नौ खर्ब बढीको आयात
सार्वजनिक तथ्याङ्कअनुसार चालु आवको फागुनसम्म नेपालले भारतबाट करिब नौ खर्ब ९५ अर्बभन्दा बढी मूल्यमा वस्तु आयात भएको देखिन्छ, भने एक खर्ब ३७ अर्ब मूल्य बराबरका बस्तु निर्यात भएको छ । जसअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै आठ खर्ब ५८ अर्ब भन्दा धेरै छ । त्यस्तै नेपालले चीनबाट दुई खर्ब २६ अर्ब मूल्य बराबरका बस्तु आयात गरेकामा ६७ करोड ४४ लाख मूल्य बराबरको बस्तु निर्यात गरेको देखिन्छ ।

विभागको विवरणअनुसार चालु आवको १० महिनामा सबैभन्दा धेरै वीरगन्ज नाकाबाट पाँच खर्ब ७६ अर्ब भन्दा बढी मूल्य बराबरको बस्तु आयात भएको छ । त्यस्तै भैरहवा नाकाबाट दुई खर्ब ५० अर्ब बढी मूल्य बराबरका वस्तु आयात भएको तथ्याङ्क छ । नेपालले वीरगन्ज भन्सारबाट ७३ अर्ब नौ करोड, विराटनगर भन्सारबाट ४९ अर्ब २८ करोड तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाकाबाट २६ अर्ब ४४ करोड भन्दा बढी मूल्यका वस्तु मुलुक बाहिर निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस