काठमाडौँ । संसदीय सुनुवाइ समितिले दुई जना राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
श्रीलङ्काका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत डा. रामस्वार्थ रायको संसदीय सुनुवाइ गरी समितिले नाम अनुमोदन गरेको हो ।
संसदीय समितिले अनुमोदन गरेपछि अब मिश्र र राय दुवै जनाको नियुक्तिको बाटो खुलेको छ ।
सरकारले नियुक्तिका लागि सिफारिस गरेका राजदूतहरूको नाम संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।