त्रियुगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

त्रियुगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । वैशाख ३० गते सम्पन्न भएको उदयपुरको त्रियुगा नगरपालिकाको मत गणना आजबाट सुरु हुने भएको छ।

त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा वर्षाका कारण कर्मचारीहरूबाट मतदान कार्य सम्पन्न गराउन ढिलाइ हुँदा विवाद भएपछि मतगणना कार्य रोकिँदै आएको थियो।

सोही क्रममा मुख्य निर्वाचन अधिकृत दीपक खनालले राजीनामा दिएका थिए। त्यसपछि आयोगले आयोगले न्यायाधीश उत्तम सिलवाललाई उदयपुरको मुख्य निर्वाचन अधिकृत नियुक्त गरी निर्वाचनका बाँकी कामहरू अगाडि बढाएको हो। तर केही राजनैतिक दलहरूले-१२ मा पुनः मतदान हुनुपर्ने जिकिर गर्न थालेपछि मत गणनाको काम सुरु हुन सकेको थिएन।

सोही दिन साढे ४ बजेसम्म भएको मतदानमा करिब ५४ प्रतिशत मत खसेको तर गणना गर्न असहमति जनाएका दलहरूले अनेक विवाद झिकेपछि आयोगबाट आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगको टोलीले मतदान स्थल सम्मको घटना विवरणको अध्ययन,अनुसन्धान गरी प्रतिवेदन दिएपछि निर्वाचन आयोगले सोमवार तत्काल मत गणना सुरु गर्ने निर्णय गरेको हो।

उदयपुरका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले आजबाट त्रियुगा नगरपालिकाको मत गणना सुरु गर्न आवश्यक तयारी गरिएको बताए। आयोगको निर्णय आएसँगै अब मत गणना सुरु गर्न बाटो खुलेको उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस