महामन्त्री शर्माको वडासहित गृहनगरमा काँग्रेस पराजित, एमालेले जमायो कब्जा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

महामन्त्री शर्माको वडासहित गृहनगरमा काँग्रेस पराजित, एमालेले जमायो कब्जा


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगरमा नेपाली काँग्रेसका उम्मेदवार मेयर र उपमेयरमा पराजित भएका छन्।

काँग्रेसबाट शर्मानिकट इन्द्रबहादुर बुढाथोकीलाई काँग्रेसले मेयरका लागि उम्मेदवार बनाएको थियो।

मेचीनगरमा नेकपा एमालेले मेयर र उपमेयर जितेको छ। एमालेका मेयर उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार चार सय ७८ मतसहित निर्वाचित भए भने काँग्रेसका इन्द्रबहादुरले २१ हजार तीन सय ११ मत मात्रै ल्याएका छन्।

उपमेयर पनि एमालेले जितेको छ। एमालेकी उम्मेदवार मिनाकुमारी पोखरेल उपमेयर निर्वाचित भइन्। उनले २१ हजार पाँच सय ९० मत ल्याएकी छन्। काँग्रेसले उपमेयर माओवादी केन्द्रलाई छाडेर गठबन्धन गरेको थियो।

सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार माओवादीका प्रकाश भण्डारीले जम्मा १२ हजार ८ सय १८ मत ल्याएका थिए।

काँग्रेसले मेयरको टिकट दिँदा विवाद भएको थियो। काँग्रेस महामन्त्री शर्मा र पूर्व-महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबिच गुटको लडाइँ छ। सिटौला पक्षका केशव पाण्डेलाई मेयरमा सिफारिस गरिए पनि केन्द्रबाट हस्तक्षेप गरेर शर्मानिकट बुढाथोकीलाई मेयर उम्मेदवार बनाइएको थियो।

यसैबिच महामन्त्री शर्माको वडामा पनि काँग्रेस एमालेसँग पराजित भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस