लालबन्दीमा अक्सिजन प्लान्ट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लालबन्दीमा अक्सिजन प्लान्ट


९ जेष्ठ २०७९, सोमबार


सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ ।

अस्ट्रेलियाली सरकारको आर्थिक, आड्रा नेपालको प्राविधिक सहयोग र बागमती सेवा समाज नेपाल हरिवन सर्लाहीको साझेदारीमा सञ्चालन भइरहेको कोभिड १९ आपत्कालीन उद्धार एवम् पुनस्थापना परियोजना अन्तर्गतको लालबन्दीमा अक्सिजन प्लान्टको स्थापना भएको सो स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद घिमिरेले बताए ।

केन्द्र, मधेस प्रदेश, स्थानीय सरकारका साथै अस्ट्रेलियन एड, ओपन हर्ट ईन्टरनेशनल, आड्रा नेपाल र बागमती सेवा समाज सर्लाहीको प्रयासमा सो प्लान्टको स्थापना गरिएको बागमती सेवा समाज सर्लाहीका अध्यक्ष भरतकुमार कार्कीले जानकारी दिए ।

सो प्लान्टबाट कूल ४८ किलोको दैनिक २४ वटा अक्सिजन सिलिन्डर उत्पादन गर्न सक्ने सामाजिक विकास मन्त्रालय मधेस प्रदेशका स्वास्थ्य शाखा प्रमुख डा.मुक्ती नारायण साहले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस