एमाले प्रतिनिधि पक्राउपछि रोकिएको भरतपुरको मतगणना पुनः सुचारु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमाले प्रतिनिधि पक्राउपछि रोकिएको भरतपुरको मतगणना पुनः सुचारु


९ जेष्ठ २०७९, सोमबार


चितवन । भरतपुर महानगरपालिकाको मतगणना पुनः सुचारु भएको छ ।

वडा नम्बर २७ को मतगणना सुरु गर्नुअघि नेकपा एमालेका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएपछि केही बेर मतगणना रोकिएको थियो ।

एमाले प्रतिनिधि मतगणना स्थलमै प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

एमालेले आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न माग गर्दै मतगणना बहिष्कार गरेकोले मतगणना केही बेर स्थगित भएको थियो ।

दलका प्रतिनिधिसँगको छलफलपछि वडा नम्बर २७ को मतगणना सुरुआत भएको निर्वाचन अधिकृतले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस