२२ सयमा झर्‍यो नेप्से ,कारोबार रकम पनि खुम्चियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२२ सयमा झर्‍यो नेप्से ,कारोबार रकम पनि खुम्चियो


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । सेयर बजार नेप्से परिसूचक २२ सयको बिन्दुमा झरेको छ । साताको पहिलो कारोबार दिन सोमबार ३४.२१ अङ्कले झरेको बजार २२००.८८ बिन्दुमा झरेर रोकिएको हो ।

बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ । यस दिन सबै उपसमूहको मूल्य घटेर राताम्य रह्यो ।

सबैभन्दा धेरै वित्त, जलविद्युत्, होटेल र पर्यटन तथा जीवन बीमा कम्पनीका लगानीकर्ताले धेरै गुमाए ।

सोमबार कुल २२४ कम्पनीको २८ हजार ५०६ वटा कारोबारबाट ३९ लाख १७ हजार ६५५ कित्ता सेयर किनबेच भएको छ ।

जसमा कुल कारोबार १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँ बराबरको भएको छ ।

सोमबार गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ६.२० प्रतिशतले बढेर ११३६.५० रुपैयाँ पुगेको छ ।

प्रभु लाइफ इन्स्योरेन्सको मूल्य ५.२६ प्रतिशतले बढेर ४४२.१० रुपैयाँ पुगेको छ ।

यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५.८९ प्रतिशतले घटेर १३४० रुपैयाँमा झरेको छ ।

सोमबार नविल बैङ्कको सबैभन्दा धेरै सेयर कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस