अस्ट्रियाका राष्ट्रपतिद्वारा दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अस्ट्रियाका राष्ट्रपतिद्वारा दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा


९ जेष्ठ २०७९, सोमबार


भियना । अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान डेर बेलेनले दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

युरोपसँगै अस्ट्रियाले अस्थिरता र विविध जटिलता भोगिरहेकाले त्यससँग जुध्नका लागि आफूले उम्मेदवारी दिन लागेको उनको भनाई छ ।

कोरोना भाइरसको महामारी, त्यसले अर्थतन्त्रमा पारेको प्रभाव, रुस—युक्रेन युद्ध, जलवायु परिवर्तनलगायतका विषयलाई आफूले मुख्य चुनौतीका रुपमा हेरेको ७८ वर्षीय बेलेनले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘मेरो अनुभवलाई अझ एक कार्यकाल देशका लागि प्रयोग गर्न चाहन्छु, त्यसका लागि म अहिले रहेको पदमा दोहोरिन चाहन्छु ।’

अस्ट्रियामा यही वर्षको अन्त्य तिर राष्ट्रपतीय निर्वाचन हुने तय भए पनि मिति भने यकिन भइसकेको छैन । त्यसै गरी उनीसँग अर्को प्रतिस्पर्धी को हुन्छ भन्ने पनि स्पष्ट भई नसकेको समाचारमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस