निगमले बिक्री कटौती गरेपछि देशैभर इन्धन अभाव, पम्पहरूमा सवारी साधनको लाइन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निगमले बिक्री कटौती गरेपछि देशैभर इन्धन अभाव, पम्पहरूमा सवारी साधनको लाइन


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । नेपाल आयल निगमले इन्धन बिक्री कटौती गरेपछि देशैभर इन्धन अभाव देखिएको छ ।

काठमाडौँ उपत्यकाका कयौँ पम्पहरूले डिजेल पेट्रोल नभएको सूचना टाँसेका छन् भने खुलेका पम्पहरूमा पनि बाक्लो भीड देखिएको छ । निगमले आइतबार राति सबै खाले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो ।

सरकारलाई अप्ठ्यारोमा पार्न पम्पहरूमा हुने भुक्तानी कटौती गरेका कारण देशैभर पम्पहरूको बिक्री प्रभावित भएको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।

सोमबार बिहानैदेखि देशैभरका पम्पहरूमा इन्धनको अभाव देखिएको एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए ।

निगमका डिपोहरूले व्यवसायीले मागेको भन्दा २० प्रतिशत भन्दा धेरै इन्धनको कटौती गरेकोले गत शुक्रवार निकै थोरै मात्रामा इन्धन ब्रिकी गरिएको र आइतबार पम्पहरूलाई इन्धन नदिइएको प्रधानले बताए । देशैभरका डिपोहरूले यही रणनीति अपनाउँदा देशैभर समस्या देखिएको रिपोर्ट एसोसिएसनमा प्राप्त भएको उनले बताए ।

नेपाल आयल निगमले पनि माग अनुसार इन्धन बिक्री नगर्न भनेको जनाएको छ । झन्डै २० प्रतिशतसम्म इन्धनको बिक्री घटाउन परिपत्र भएको डिपोहरूले जनाएका छन् ।

आइतबार इन्धन वितरण नभएका कारण सोमबार अभाव सिर्जना भएको निगमका सहायक प्रवक्ता पुष्कर कार्कीले बताए ।

निगमले केही समय अघि इन्धनको बिक्री पम्पहरूलाई मागे जति नदिन पत्राचार गरेको पनि उनले बताए । महँगोका बेला खपत कम गर्न निगमले यस्तो परिपत्र गरेको कार्कीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस