भरतपुर महानगर अपडेट : रेणु जिततर्फ अग्रसर, मतान्तर १० हजार नाघ्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भरतपुर महानगर अपडेट : रेणु जिततर्फ अग्रसर, मतान्तर १० हजार नाघ्यो


९ जेष्ठ २०७९, सोमबार


चितवन । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनकी उम्मेदवार रेणु दाहाल फराकिलो जिततर्फ अग्रसर भएकी छिन् ।

महानगरको २५ र २६ नम्बर वडाको मतगणना जारी रहँदा दाहालले १० हजार बढीको अग्रता हासिल गरेकी छिन् ।

उनले ४४ हजार ३ सय ५ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ३४ हजार १ सय ७९ मत ल्याएका छन् ।

सुवेदीभन्दा दाहालको मत १० हजार १ सय २६ ले बढी हो ।

हालसम्म १ लाख १० हजार ४ सय ५४ मत गणना भइसकेको छ ।भरतपुरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ ।

अब १७ हजार मत गन्न बाँकी छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५ सय १५ मत ल्याएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ४५ हजार ४ सय ६८ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २७ हजार ४६ मत ल्याएकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस