काठमाडौँमा एक लाख २८ हजार ४८५ मतगणना हुँदा कसले कति पाए ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काठमाडौँमा एक लाख २८ हजार ४८५ मतगणना हुँदा कसले कति पाए ?


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ। स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म एक लाख २८ हजार ४८५ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ । उनले ४३ हजार ८५० मत पाएका छन् ।

नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह २५ हजार ९४४ मतसहित दोस्रो स्थानमा छिन् । नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत ल्याएका छन् ।

अहिले वडा नम्बर १२, १३, १४, २१, २२ र २३ मा मतगणना भइरहेको छ । काठमाडौँ महानगरमा कुल एक लाख ९० हजार ९८४ मत खसेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस