तनहुँको व्यास नगरपालिकामा काँग्रेस विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तनहुँको व्यास नगरपालिकामा काँग्रेस विजयी


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । तनहुँको व्यास नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । मेयर पदमा काँग्रेसका वैकुण्ठ न्यौपाने र उपमेयर पदमा इन्दिरा दरै विजयी भएका हुन् ।

मेयरमा विजयी न्यौपानेले अर्का प्रत्याशी दीपकराज जोशीलाई २५२ मत अन्तरले हराए । न्यौपानेले १२ हजार ७८ मत पाउँदा जोशीको पक्षमा ११ हजार ८२६ मत पर्‍यो ।

नेपाली काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपकराजले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए । उनलाई नेकपा एमालेले सघाएको थियो ।

यसैगरी उपमेयर पदमा पनि काँग्रेसकी इन्दिरा दरै १३ हजार ४९८ मतसहित विजयी हुँदा नेकपा एमालेकी वसुन्धरा घर्तीले १ हजार ४२ मत पाइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस