तीन देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तीन देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । संसदीय सुनुवाइ समितिले तीन देशका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारले बङ्गलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूतत्रय क्रमशः घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको अनुमोदन गरेको हो।

समितिको बैठकमा बङ्गलादेशका लागि प्रस्तावित राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेशको कूटनीति र जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पहल गर्ने बताउँदै नेपाली विद्यार्थीलाई दिँदै आएको छात्रवृत्ति व्यवस्थित गर्दै त्यहाँ नेपालीहरूको समस्या समाधानमा केन्द्रित हुने बताएका छन् भने म्यानमारका लागि प्रस्तावित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले नेपाल पर्यटन बोर्ड तथा लुम्बिनी विकास कोष र अन्य सरोकारवाला निकायसँग समन्वय गरी लुम्बिनी जाऔँ, भिजिट लुम्बिनी अभियानको रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्तै ओमानका लागि प्रस्तावित नेपाली राजदूत डोरनाथ अर्यालले नेपाल र ओमान सरकारबिच भएका सम्झौताहरू कार्यान्वयन गर्न विशेष पहल गर्ने बताउँदै थाँती रहेका श्रम, सम्झौता र पर्यटन सहयोग सम्बन्धी सम्झौताहरूलाई अघि बढाउँदै द्विपक्षीय सहयोग सम्झौताहरू कार्यान्वयन गर्न पनि पहल गर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस