२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाइ समितिले तीन देशका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारले बङ्गलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूतत्रय क्रमशः घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको अनुमोदन गरेको हो।

समितिको बैठकमा बङ्गलादेशका लागि प्रस्तावित राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेशको कूटनीति र जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पहल गर्ने बताउँदै नेपाली विद्यार्थीलाई दिँदै आएको छात्रवृत्ति व्यवस्थित गर्दै त्यहाँ नेपालीहरूको समस्या समाधानमा केन्द्रित हुने बताएका छन् भने म्यानमारका लागि प्रस्तावित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले नेपाल पर्यटन बोर्ड तथा लुम्बिनी विकास कोष र अन्य सरोकारवाला निकायसँग समन्वय गरी लुम्बिनी जाऔँ, भिजिट लुम्बिनी अभियानको रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्तै ओमानका लागि प्रस्तावित नेपाली राजदूत डोरनाथ अर्यालले नेपाल र ओमान सरकारबिच भएका सम्झौताहरू कार्यान्वयन गर्न विशेष पहल गर्ने बताउँदै थाँती रहेका श्रम, सम्झौता र पर्यटन सहयोग सम्बन्धी सम्झौताहरूलाई अघि बढाउँदै द्विपक्षीय सहयोग सम्झौताहरू कार्यान्वयन गर्न पनि पहल गर्ने बताए।