काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिका वडा नम्बर–२४ को अन्तिम मत परिणाम घोषणा भएको छ ।
मत परिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवार विनोदकुमार राजभण्डारी एक हजार १३२ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुजनविलास बज्राचार्यले ९२४ मत पाए ।