कृष्णपुरमा प्रमुख र उपप्रमुख दुवैमा काँग्रेस निर्वाचित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कृष्णपुरमा प्रमुख र उपप्रमुख दुवैमा काँग्रेस निर्वाचित


८ जेष्ठ २०७९, आइतबार


महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार हेमराम ओझा नगरप्रमुख र द्रौपती राना उपप्रमुखमा निर्वाचित भएका छन् ।

ओझाले नगरप्रमुखमा १० हजार ३३४ मत प्राप्त गरेकामा निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का जोगराम चौधरीले आठ हजार ३००, नेकपा एमालेका लोकेन्द्र पन्तले छ हजार ४७४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखतर्फ काँग्रेसकै द्रौपती रानाले नौ हजार ६७५ मत प्राप्त निर्वाचित भएकामा निकटतम प्रतिस्पर्धी माओवादीका गीता मल्लले आठ हजार ८५१ र एमालेकी रमिता रानाले सात हजार ३१६ र मत प्राप्त गरेका छन् ।

यसअघिको निर्वाचनमा ओझा एमालेका कर्णबहादुर हमालसित पराजित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस