काठमाडौँ महानगर : ७ नम्बरमा काँग्रेस विजयी, १४ वटा वडाको नतिजा सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ महानगर : ७ नम्बरमा काँग्रेस विजयी, १४ वटा वडाको नतिजा सार्वजनिक


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका विमलकुमार होडा निर्वाचित भएका छन्।

होडा नेकपा (एमाले) का उम्मेदवार कृष्णमणि भट्टराईसँग ५२ मतान्तरले विजय भएका हुन् ।

होडाले दुई हजार ८६७ मत प्राप्त गर्दा एमालेका भट्टराईले दुई हजार ८१६ मत प्राप्त गरेका छन् ।

त्यसै गरी सदस्यमा काँग्रेसका उज्ज्वल अर्याल र सुरेश शाही निर्वाचित भएका छन् ।

महिला सदस्यतर्फ काँग्रेसका रुपा थापाले जित हासिल गरेकी छन् भने दलित महिला सदस्यमा काँग्रेसकै कल्पना सुन्दास विजय भएका छन् ।

हालसम्म कामपा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ ।

त्यसै गरी वडा नं ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना कार्य जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस