व्यासको प्रमुख र उपप्रमुखमा काँग्रेस अग्रस्थानमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

व्यासको प्रमुख र उपप्रमुखमा काँग्रेस अग्रस्थानमा


८ जेष्ठ २०७९, आइतबार


तनहुँ । व्यास नगरपालिकामा बुधबार साँझदेखि थालेको मतगणना हालसम्म जारी रहेको छ । कूल खसेको तीस हजार २४७ मतमध्ये चौबीस हजार १८७ मतगणना कार्य सम्पन्न भएको छ ।

शनिबार दिउँसोसम्म स्वतन्त्र उम्मेदवारले अग्रता कायम गर्दै आए पनि साँझदेखि नेपाली काँग्रेस अग्रस्थानमा रहेको छ ।

आज बिहानसम्मको मत परिणाम अनुसार काँग्रेसका वैकुण्ठ न्यौपानेले नौ हजार ८२२ र स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले नौ हजार ६०६ मत पाएका छन् ।। काँग्रेस २१७ मतले अग्रस्थानमा रहेको छ ।

त्यसै गरी उपप्रमुखमा काँग्रेसका इन्दिरा दरैले दश हजार ९१३ र एमालेकी वसुन्धरा घर्ती आठ हजार ३०७ मत पाएका छन् । दरै दुई हजार ६०६ मतले अग्रस्थानमा छिन् । व्यासमा चौध वडा रहेका छन् । अब कूल छ हजार ६० मतगणना गर्न बाँकी छ । सोमबार बिहानसम्म सबै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस