बिहारमा आँधीबाट ३३ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बिहारमा आँधीबाट ३३ जनाको मृत्यु


८ जेष्ठ २०७९, आइतबार


नयाँ दिल्ली । भारतीय पूर्वी राज्य बिहारमा आएको आँधीमा परेर कम्तीमा पनि ३३ जनाको ज्यान गएको छ ।

बिहीबारदेखि भारी वर्षासहित आएको आँधीले यहाँ जनधनको ठुलो क्षति भएको पनि बताइएको छ ।

बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारलाई उद्धृत गर्दै यहाँका स्थानीय सञ्चारमाध्यमहरुले दिएको समाचारअनुसार बिहीबारदेखि सुरु भएको वर्षा तथा हावाहुरीले यहाँका ३३ जनाको ज्यान लिएको छ ।

यस राज्यका करिब १६ जिल्लामा आँधीले असर गरेको छ । सो आँधीमा परेर सयौँ घर भत्काइदिएको छ भने अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

भत्किएका घरको पुन निर्माणका साथै अन्य सहायताका लागि यहाँका सुरक्षा निकायहरुलाई मुख्यमन्त्रीको कार्यालयले निर्देशन दिएको बताइएको छ ।

साथै मुख्यमन्त्रीको कार्यालयले उक्त आँधीमा परेर ज्यान गुमाएका व्यक्तिहरुका परिवारलाई ४ लाख भारतीय रुपैयाँ सहयता दिने घोषणा पनि गरेको समाचारमा जनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँधीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस