गृहमन्त्रीको गृहनगरमा काँग्रेस र एमालेबिच कडा टक्कर, कसले मार्ला बाजी ?  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गृहमन्त्रीको गृहनगरमा काँग्रेस र एमालेबिच कडा टक्कर, कसले मार्ला बाजी ? 


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा काँग्रेस र एमालेबिच कडा टक्कर परेको छ ।

पछिल्लो मत गणना अपडेट अनुसार नेपाली  काँग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खाँणले झिनो अग्रता बनाएका छन् ।

२८ हजार २७१ मत गणना हुँदा गृहमन्त्री खाँणका सहोदर भाइ समेत रहेका काँग्रेस उम्मेदवार रामकृष्णले १० हजार​ ९६६ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार मोहन चापागाईँले १० हजार ८८८ मतसहित पछ्याई रहेका छन् । मोहनभन्दा रामकृष्ण ८८ मतले अगाडि  छन् ।

उपमेयरमा भने एमालेकी जागेस्वरी चौधरीको फराकिलो अग्रता छ । उनले १० हजार​ ५८८ मत ल्याएकी छन् भने माओवादीका हेमन्त पाण्डेले ५३५१ मत ल्याएका छन् ।

गृह जिल्ला रुपन्देही भएका गृहमन्त्री खाँणले तिलोत्तमा ८ स्थित ज्योति आधारभूत विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका थिए । गृहमन्त्री खाँणको तिलोत्तमा प्रतिष्ठाको विषय बनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस