तुलसीपुर उपमहानगरमा एमालेको अग्रता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता


८ जेष्ठ २०७९, आइतबार


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिएका छन् ।

उनले हालसम्म १५ हजार ४०५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत ल्याएका छन् ।

उपप्रमुखमा पनि एमालेको अग्रता छ । एमालेका तर्फबाट उपप्रमुखका उम्मेदवार स्यानी चौधरीले १४ हजार ६१५ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानाले १० हजार ८९२ मत प्राप्त गरेका छन् ।

यसैबीच वडा नं ७ र ९ मा काँग्रेस विजयी भएको छ । वडा नं ७ मा काँग्रेसका रामबहादुर जिसी दुई हजार ४०५ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डिल्लीराज भण्डारीले एक हजार ७९२ मत ल्याएका थिए ।

त्यस्तै वडा नं ९ मा काँग्रेसका घनश्याम ढकाल एक हजार नौ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वामदेव न्यौपानेले ९८६ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म तुलसीपुरका नौ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । अहिले तुलसीपुर १०, ११ र १२ को मतगणना भइरहेको छ ।

तुलसीपुरमा यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजय हासिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ जनाले मतदान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस