भरतपुरमा रेनुको अग्रता ५ हजार ७ सय मत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भरतपुरमा रेनुको अग्रता ५ हजार ७ सय मत


७ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनतर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो अग्रता ५७३३ मत पुर्‍याएकी छिन्।

हालसम्म गणना भएको ७६०९५ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार रेनुले २९४७८ मत पाएकी छन्। उनले राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५७३३ मतले पछि पारेकी छन्। सुवेदीले २३७४५ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १०३३४ मत पाएका छन्। यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्।

गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली काँग्रेसका चित्रशेन अधिकारीले ३१८२४ मत पाएका छन्। उनलाई एमालेसँग गठबन्धन गरेको राप्रपाकी हमिला गुरुङले १८४०१ मतसहित पछ्याइरहेकी छन्।

अहिले महानगरको वडा नम्बर १५ र १६ नम्बरको मत गणना भइरहेको छ। दुवै वडामा काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।

२९ वडा रहेको भरतपुरमा १४ वडाको अन्तिम परिणाम आएको छ। जसमा १, २, ४, ५, ६, ८ र १० नेपाली काँग्रेसले जितेको छ। यस्तै ३, ११ र १२ नेकपा एमालेले जितेको छ भने ७ र ९ नेकपा एकीकृत समाजवादीले जितेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस