२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी उपविदेशमन्त्री काठमाडौँमा, आज प्रधानमन्त्री सहित उच्च अधिकारीसँग भेटवार्ता गर्ने

अ+ अ-

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयमा नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेशमन्त्री उज्रा जिया शुक्रबार आइपुगेकी छिन् ।

उनले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्कालगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । तिब्बती धर्मगुरु दलाई लामालाई बिहीबार भेटेर आएकी जियाको भ्रमणबारे छिमेकी चीनले चासो प्रकट गरेको छ ।

अमेरिकी प्रशासनको तिब्बती मामिला हेर्ने संयोजकसमेत रहेकी जियाले नेपालमा रहेका तिब्बती शरणार्थीबारे कुराकानी गर्ने बताइए पनि नेपाली अधिकारीले त्यसलाई अस्वीकार गरेका छन् । ‘नेपाल र अमेरिका सम्बन्धका विभिन्न विषयमा छलफल हुन्छ, अन्य विषयबारे जानकारी छैन,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिन् ।

उनले शनिवार नेपालमा रहेका तिब्बती शरणार्थी अगुवाहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । तर, अमेरिकी राजदूतावास वा बाहिर हुने अमेरिकी अधिकारीको निजी कार्यक्रमबारे परराष्ट्र जानकार नभएको उनको भनाइ छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार गृहमन्त्री बालकृष्ण खाँणसँग भेटेर अमेरिकी भ्रमणबारे चासो जनाएकी थिइन् । जियाले भारतको धर्मशालामा दलाई लामा र तिब्बती अधिकारीहरूसँग गरेको भेटवार्ताप्रति दिल्लीस्थित चिनियाँ राजदूतावासले असन्तोष व्यक्त गरेको छ ।

नेपाली अधिकारीले तिब्बती शरणार्थीबारे अमेरिकाको चासो विगतदेखि रहँदै आएको र उनीहरूलाई नेपालले दिने जवाफ पनि पुरानै रहेको बताए ।

नेपालले भने तिब्बती शरणार्थीलाई नेपालमा मानवीय आधारमा शरण उपलब्ध गराइएको र उनीहरूलाई राजनीतिक गतिविधि गर्न दिन नसकिने भन्दै आएको छ । जियाअघि यो वर्ष दुई अमेरिकी प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेका छन् । डेमोक्रेटिक पार्टीकी सिनेटर (सांसद) क्रिस्टेन गिलिब्रान्ड नेतृत्वमा ६ सदस्यीय टोलीले ९ देखि ११ वैशाखसम्म भ्रमण गरेको थियो । त्यसअघि ६ देखि ८ वैशाखमा दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री केलि केइडरलिङले भ्रमण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस