छुट्टै सेवा दिवस मनाउँदै परराष्ट्र मन्त्रालय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

छुट्टै सेवा दिवस मनाउँदै परराष्ट्र मन्त्रालय


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । परराष्ट्र मन्त्रालयले छुट्टै सेवा दिवस मनाउने निर्णय गरेको छ ।

नेपाल वैदेशिक सेवा (गठन र श्रेणी विभाजन) नियमहरू, तर्जुमा भई राजपत्रमा प्रकाशित भएको दिनको अवसरमा भन्दै मन्त्रालयले ‘नेपाल परराष्ट्र सेवा दिवस’ मनाउन लागेको हो । २०१८ जेठ १० को स्मरणमा परराष्ट्र सेवा दिवस मनाइन लागिइएको मन्त्रालयको भनाई छ ।

मन्त्रालयले एक सूचना प्रकाशित गर्दै आगामी मंगलबार त्रिपुरेश्वरस्थित बहुउद्देश्यीय भवनमा औपचारिक कार्यक्रम गर्न लागिएको जनाएको छ । कार्यक्रममा विक्रम संवत् २०१८ साल र त्यसभन्दा अघि मन्त्रालयमा सेवा गरेका अग्रज कर्मचारीलाई सम्मान गरिनेसमेत मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस