दुर्घटनामा एक जनाको मृत्यु « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

दुर्घटनामा एक जनाको मृत्यु


६ जेष्ठ २०७९, शुक्रबार


कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरास्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको बर्दगोरिया गाउँपालिका–५ का ४५ वर्षीया श्रवण राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

प्रनाउ जोशीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोहत्तरीको बर्दिवास नगरपालिका–१ बर्दीवासका प्रेमकुमार अधिकारीले चलाएको ना ५ ख ४३८३ नं को बसमा विपरित दिशा तर्फबाट आउँदै गरेको बर्दगोरिया गाउँपालिकाको श्रवण रानाले चलाएको से ५ प २४४ नं को मोटरसाइकल ठोक्किन गई मोटरसाइकल चालकको घटना स्थलमा मृत्यु भएको हो ।

बससहित बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस