प्रहरीका लामा र सशस्त्रका पौडेल एआईजीमा बढुवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरीका लामा र सशस्त्रका पौडेल एआईजीमा बढुवा


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जना नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डिआइजी वसन्त लामा र सशस्त्र प्रहरीका डिआइजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको हो ।

गृह सचिवको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले वैशाख २१ मा सशस्त्रका पौडेल र वैशाख २३ गते नेपाल प्रहरीका लामालाई एआईजीमा सिफारिस गरेको थियो ।

बढुवा भएका लामाले उमेर हदका कारण केही दिनमा नै अवकाश पाउने छन् । सशस्त्रका पौडेलले भने हालका महानिरीक्षक राजु अर्यालपछि सशस्त्र प्रहरीको नेतृत्व गर्ने एकल दाबेदार बनेका छन् । सशस्त्रमा दुई एआईजी पद रहेकोमा सरकारले पौडेलको मात्रै एकल बढुवा गरेको हो ।

यसैबिच नेपाल प्रहरीको एआईजीमा बढुवा भएका लामालाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शुक्रवार नै दर्ज्यानी चिन्ह लगाइदिएका छन् । उनी जेठ ८ बाट अवकाश पाउँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस