कोसीमा काँग्रेसको नेतृत्व « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोसीमा काँग्रेसको नेतृत्व


६ जेष्ठ २०७९, शुक्रबार


धरान । सुनसरीको कोसी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका ऐयुब अन्सारी निर्वाचित भएका छन् । 

अन्सारीले छ हजार ४१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी जनता समाजवादी पार्टीका देवकृष्ण यादवलाई एक हजार १९९ मतान्तरले पछि पारेका थिए । यस्तै उपाध्यक्षमा काँग्रेसकै अनिताकुमारी यादव निर्वाचित भएकी छन् । 

यसैबीच कोसी–७ मा नेकपा (माओवादी केन्द्र)बाट मुसहर समुदायका २४ वर्षीय लालदेव सदा अध्यक्षमा विजयी भएका छन् । सदाले ६११ मत प्राप्त गरी प्यानलसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस