सेयर कारोबार १ अर्बमुनि खुम्चियो ,१ अर्ब ३० करोडको कारोबार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सेयर कारोबार १ अर्बमुनि खुम्चियो ,१ अर्ब ३० करोडको कारोबार


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । आज (शुक्रबार) सेयर कारोबार १ अर्बमुनि खुम्चिएको छ । शुक्रबार बन्द हुने गरेको बजार सरकारले आइतबार पनि बिदा दिने घोषणा गरेपछि पहिलो पटक खुलेको हो । आइतबारको बिदाले कारोबार हुने दिन नघटाउनका लागि सोमबारदेखि शुक्रबारसम्म बजार खुल्ला हुन थालेको हो ।

शुक्रबार कारोबार रकम ९३ करोड २२ लाखमा खुम्चिएको छ । बिहीबार १ अर्ब ३० करोडको कारोबार भएको थियो ।

नेप्से परिसूचक भने १५.८२ अङ्कले घटेर २२३५ मा कायम भएको छ । ४१ कम्पनीको मूल्य बढेको छ भने १३९ को घटेको छ । १२ कम्पनीको मूल्य भने स्थिर रह्यो । सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै २.७ प्रतिशत बढ्यो ।

तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ४.९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा अरुण काबेली, हिमालयन डिस्टिलरी, साङ्ग्रिला डेभलपमेन्ट बैङ्क (संस्थापक), पुनर्बीमा कम्पनी र अपी पावर क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस